arrow

सालको पात टिप्न गएकी सारुको बाघको आक्रमणमा परेर गयो ज्यान

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष १६ शुक्रबार
tiger2019-05-29.jpeg
फाईल फोटो

नवलपुर । बाघको आक्रमणमा परेर नवलपुरको मध्यविन्दुमा एक जना महिलाको ज्यान गएको छ । मध्यविन्दु १० स्थित  सिसानीको सामुदायिक वनमा सालको पात टिप्न गएकी मध्यविन्दु १२ बेलहानी बस्ने ३९ वर्षीया बारिसा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सागर पन्तले जानकारी दिएका छन् ।

सालको पात टिप्न गएका सारुलाई बाघले आक्रमण गरेको स्थानीयले खबर गरेपछि प्रहरी, स्थानीय र वनका कर्मचारी सहितको टोली घटनास्थलमा पुग्दा सारुलाई मृत अवस्थामा फेला पारेको पन्तले बताए । 

मृतक सारुको शवको मुचुल्का सकेर पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइँदै गरेको पन्तले जानकारी दिए ।

यसअघि पनि वन क्षेत्रमा बाघ देखिएको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ