- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कुपोषणको शिकार हुनुमा कुपोषण सम्बन्धी जानकारीको अभाव प्रमुख कारण रहेको बताएका छन् । अन्नको भण्डारको रुपमा रहेको प्रदेश २ का बालबालिका कुपोषणको शिकार हुनुमा कुपोषण सम्बन्धी जानकारीको आभाव प्रमुख कारण रहेको मुख्यमन्त्री राउतले बताए ।
शुक्रबार जनकपुरधाममा राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले आयोजना गरेको बहुक्षेत्रीय पोषण योजना सम्बन्धि प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताए ।
मुख्यमन्त्री राउतले अन्नको भण्डार मात्र नभइ, दुध, फलफूल लगायतका खाद्य सामग्रीको पर्याप्तता हुँदाहुँदै उपयोग सम्बन्धी जानकारीको भावमा बालबालिका कुपोषणको शिकार हुनु दुःखद रहेको जानकारी गराए ।
पोषण सम्बन्धी प्रदेशमा संचालित कार्यक्रमहरु व्यवहारमा उत्रिन नसकेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले पोषण सम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन सरोकारवालाहरुलाई निर्देशनसमेत दिए ।
मुख्यमन्त्री राउतले भने, ‘पोषण सम्बन्धी तथ्यांकहरुले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाए पनि सन्तोषजनक छैन । कार्यक्रममा तिब्रता ल्याउनुस् ।’
राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकरप्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योजना आयोगका सहसचिव डा किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झा सहितले पोषणको अवस्थाबारे प्रस्तुति दिएका थिए ।