arrow

इस्वी सन् २०२२ शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
JBS-Pokhara-SadakMahotsava.jpg
तस्बिर–अंग्रेजी नयँ वर्षको पूर्व सन्ध्यामा पोखराको लेकसाइडमा रौनक, रासस ।

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ शुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को शुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । 

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । 

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा छैन । तर बैंकिङ कारोबारदेखि लिएर अन्तर्राष्ट्रिय हरेक गतिविधिका लागि यसकै प्रयोग तीव्र भइरहेको छ । भ्रमणमा आउने विदेशीले यसकै प्रयोग गर्छन् । 

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ