arrow

हरेक क्षेत्रमा दक्ष जनशक्तिको अभाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
269795002_217687683782721_7279838295432952639_n.jpg

काठमाडौंं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा सीपयुक्त जनशक्तिको कमी रहेको बताएका छन् । उनले पत्रकारिता क्षेत्रमा पनि सम्बन्धित विषय नपढेका जनशक्तिले काम गर्दा विभिन्न समस्या उत्पन्न भएको बताए । 

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको प्राविधिक शिक्षाको अवस्था र यसको विकासमा सञ्चारकर्मीको भूमिका विषयक एक बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘पत्रकारिता विषय नपढेका र पढेका पनि दक्ष नभएकाले पत्रकारिता स्वच्छ, प्रतिस्पर्धी र मर्यादित हुन सकेको छैन, आचारसंहिताको पालना हुन सकेको छैन ।’

अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्र जस्तै अन्य क्षेत्रहरुमा समेत दक्ष जनशक्तिको अभाव रहेको बताए । उनले दक्ष जनशक्तिको अभाव भएको औल्याउँदै भने, ‘हाइड्रो क्षेत्रमा बर्सेनि खर्बौंको काम हुन्छ तर नेपालीहरुले सीपको अभावका कारण सबैभन्दा तल्लो लेबल अर्थात् मजदुरीको काममात्र पाउँछन् ।’ 

नेपालमा दक्ष र सीपयुक्त जनशक्ति नहुँदा विदेशबाट नै दक्ष जनशक्ति मगाउनुपर्ने बाध्यता रहेको उनको जिकिर थियो । 

कार्यक्रममा सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले नेपालमा सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी गराए । सीटीईभिटीले उद्यमी र उत्पादनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै युवाहरुको विदेश पलायन रोक्ने लक्ष लिएको जानकारी गराए ।

सदस्य सचिव काफ्लेले आफूले ३१ वर्षदेखि सीटीईभीटीमा समर्पित भई काम गरिरहेको भए पनि केही सञ्चारमाध्यमले आफूविरुद्ध भ्रामक र अनर्गल समाचार लेखेकोप्रति आपत्ति जनाए ।   

कार्यक्रममा सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन हमालले विकासको स्तरलाई मूल्यांकन गर्नका लागि त्यस देशको प्राविधिक पक्षलाई हेरिने बताए । 

कार्यक्रममा फोरम फर हेल्थ टेक्निकलका अध्यक्ष शैलेन्द्र मोहन झाले नेपालमा उत्पादन भएका स्वास्थ्य जनशक्तिको बेलायत, क्यानडालगायतका विकसित राष्ट्रहरुमा समेत माग रहे पनि नेपालमा माग अनुसारका जनशक्ति उत्पादन गर्न नसकेको बताए । 

निजी शिक्षालय महासंघका अध्यक्ष भुवन जोशीले प्रविधिसँग जोडिएको शिक्षा भएपनि राज्यले त्यसलाई डकुमेन्टेशन नगरेको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष अध्यक्ष गोविन्दप्रसाद चौलागाईको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट जिल्ला सभापति प्रेमचन्द्र झाले नेपालमा उत्पादन भएकाले नेपाल बनाउने अभियानमा लाग्नुपर्ने  उपस्थित सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ