arrow

कालापहाड र विदेश जानेलाई गाउँमै अवसर दिनु पर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
pradesh-vetghat.jpg

सुर्खेत । प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवनबहादुर शाहीबीच शनिबार भेटघाट भएको छ । भेटका क्रममा मुख्यमन्त्री शाहीले सरकारले गरेका काम–कारवाहीका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।

मुख्यमन्त्री शाहीले हरेक बुधबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको, प्रत्येक आइतबार मन्त्रालयका सचिवसँग नियमित बैठक बस्ने गरेको, कोरोनाका कारण रोकिएका विकास योजनाको म्याद तीन महिना थप गरिएको, भौतिक पूर्वाधार र उर्जा जलस्रोत विकास मन्त्रालयमा देखिएको कर्मचारीको समस्या समाधान भएको, दोस्रो चौमासिक पुँजीगत खर्च बढ्ने जानकारी गराए ।

यस्तै मुख्यमन्त्रीले पाँच वर्षदेखि १७ वर्षसम्मका कर्णालीका सम्पूर्ण बालबालिकालाई खोप लगाउने तयारी भइरहेको जानकारी पनि दिए । भेटका क्रममा प्रदेश प्रमुखले प्रदेश सरकारका काम–कारवाहीप्रति आफू सन्तुष्ट रहेको बताए ।

उनले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकारले त्यहीँ अनुसारका नीति, कार्यक्रम ल्याउनुपर्ने बताए । प्रदेश प्रमुखले कृषिको उत्पादन बढाउनका लागि कृषकका उत्पादनहरु प्रदेश सरकारले खरिद र बजारीकरणको व्यवस्था गर्ने वातावरण मिलाउन, कालापहाड र विदेशमा जाने मानवश्रमलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्ने वातावरणका लागि सरकार लाग्नुपर्ने बताए ।

उनले कर्णालीमा जातीय विभेदका घटनाहरु धेरै हुने भएकाले सामाजिक जागरण र रुपान्तरणका कार्यक्रम पनि सञ्चालन गर्न सरकारलाई सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ