- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आज आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक पुस २२ गते बस्ने भएको छ ।
संघीय संसदका महासचिब डा.भरतराज गौतमले आइतबार विहान एक सूचना जारी गर्दै विशेष कारणबस बैठक स्थगित भएको जनाएका छन् ।
‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम(३)बमोजिक सम्माननीय सभामुखज्यूले मिति २०७८ पुस २२ गते विहीबार दिनको १ बजे बस्ने गरी समय निर्धारण गर्नुभएको व्यहोरा मा.सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ महासचिब गौतमद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
माओवादी केन्द्रको आठौं महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिएको बुझिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाबाट चार वटा अध्यादेश स्वीकृत भएका थिए ।