arrow

काठमाडौंमै सिके राउतको प्रदर्शन  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
ck-raut-party-112.jpg

काठमाडौं । प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । 
जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीहरूले  ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’ जस्ता नाराहरु लगाएका थिए । बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् ।

प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी नदिँदा उखु किसान पनि पीडित हुँदै आएका छन् । यही बेला किसानको मुद्दा लिएर जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ