arrow

पूर्व उपकुलपतिको आरोप-पदाधिकारीका कारण त्रिविको शैक्षिक गुणस्तर खस्‍कियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
TU-final.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको आरोप लगाएका छन् । 

त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएसनको आज कीर्तिपुरमा भएको तेस्रो वार्षिक साधारण सभाका क्रममा पूर्व उपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको आरोप लगाए । 

उनीहरूले अहिले पनि शैक्षिक उन्नयनको बाटोमा लैजानका लागि विश्वविद्यालयका पदाधिकारीलाई खबरदारी गर्ने र विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने काम एलुम्नाई एसोसिएसनले गर्नुपर्ने बताए । 

कार्यक्रममा एसोसिएसनका अध्यक्ष सुनीति हाडा, प्राध्यापक डा सुदर्शनराज तिवारी, प्रा डा रामप्रसाद खतिवडा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले विश्वविद्यालयमा अनुसन्धानको कार्य कम भएको र बजारका लागि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको बताए । 

त्रिविका पूर्व विद्यार्थीको सङ्गठनका रूपमा एसोसिएसन २०७४ सालमा स्थापना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ