arrow

भारतबाट नेपाल फर्कने बढेसँगै सुदूरपश्चिममा संक्रमण दर बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
gaurifanta-naka.jpg

डोटी । पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय संक्रमितको सङ्ख्या १६२ पुगेको हो । 

छिमेकीमूलुक भारतबाट घर फर्किइ रहेका यहाँका मानिसमा संक्रमण देखिन थालेको बताइएको छ । भारतमा संक्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेपछि सुदूरपश्चिममा पनि संक्रमण दर बढेको निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार हाल कैलालीमा सबैभन्दा बढी ९२ जना नयाँ संक्रमित थपिएका छन् भने कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझाङ, बाजुरा र डडेल्धुरामा एक-एकजना सक्रिय संक्रमित छन् । 

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या बढ्न थालेको जनाउँदै यहाँका नागरिकमा चिन्ता थपिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ