arrow

दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेवल पुल बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
darchula-bridge.PNG
फाइल तस्विर

दार्चुला । दार्चुलामा नेपाल-भारत जोड्ने महाकाली नदीमाथि पक्की पुल निर्माणमा दुवै देश तयार भएका छन् । नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुधबार बसेको मन्त्रिपरिषद्ले दार्चुलामा महाकाली नदीमाथि मोटरेवल पुल निर्माणको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिएको छ ।

यस्तै भारतले पनि पुल निर्माण गर्न स्वीकृति दिएको छ । दुवै देशले एकै दिन निर्णय लिँदै नेपालको दार्चुला र भारतको पिथौरागढ, धार्चुला जोड्ने पक्की पुल निर्माणका लागि सम्झौता गर्ने भएका छन् । 

नेपालसँग जोड्ने महाकाली नदीमाथि पक्की पुल बनाउने निर्णय भारतको केन्द्रीय मन्त्रिपरिषद्ले लिएको हो । केही वर्ष अघिदेखि महाकालीमा पुल बनाउने कुरा चलेपनि सुस्ताएको थियो । यसबारे विगतमा भारतीय राजदूतले समेत अनुगमन गरी फर्किएका थिए । 

यो पुलले भारतको उत्तराखण्ड र नेपालको सीमा क्षेत्रका बासिन्दालाई फाइदा मिल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ