arrow

सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
kajis.PNG

काठमाडौं ।  नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा पत्रकार काजी श्रेष्ठ चयन भएका छन् ।  समाजको आज सम्पन्न ११औं साधारण सभाले सहकारी खबर अनलाइनका सम्पादकसमेत रहेका श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

समाजको उपाध्यक्षमा अन्नपूर्ण पोष्ट दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्र दैनिकका भेषराज वेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई चयन गरिएको छ । 

यसैगरी, सदस्यहरुमा विकास न्युज डटकमका सन्तोष रोकाय र मेरो लगानी डटकमकी सुधा देवकोटालाई चयन गरिएको छ । बाँकी दुई सदस्य पदमा अध्यक्षले मनोनीत गर्ने प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ