arrow

एमाले कञ्चनपुरमा तीन जना आकाङ्क्षी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
uml-sun-election.jpg

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशन कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ । पार्टीको जिल्ला नेतृत्व चयनका लागि सुरु भएको अधिवेशनमा पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । 

जिल्ला अध्यक्ष पदका लागि तीन जनाले आफ्नो प्रचारप्रसार गरिरहेका छन् । अध्यक्ष पदका लागि वर्तमान जिल्ला अध्यक्ष वीरबहादुर थापा, वर्तमान पार्टी सचिव एवं भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द आकाङ्क्षी देखिएका छन् । 

यस्तै पार्टीको जिल्ला सचिव पदमा रणबहादुर महरा र पल्लभराज भट्ट आकांक्षी छन् । पार्टीको माथिल्लो तहले सहमतिमै जिल्ला कमिटी गठन गर्न सुझाव दिएको बताइएको छ । अधिवेशन उद्घाटन समारोहमा सांसदहरू डा दीपकप्रकाश भट्ट, नरबहादुर धामी र निरुदेवी पालको सहभागी थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ