arrow

एनआरएनए डेलिगेट्स विवाद समाधान नभए चुनाव असम्भव: उपाध्यक्ष लामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
sonam-lama-NRNA.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष सोनाम लामाले संघभित्र उत्पन्न विवाद समाधान गरेर मात्र  महाधिवेशन र चुनावको मिति तोक्नुपर्ने जनाएका छन्। जीएनएनसंग कुरा गर्दै उपाध्यक्ष लामाले डेलिगेट्स विवाद समाधान नगरेर चुनाव गराउन सम्भव नहुने बताए।

उनले पहिले संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस)को बैठक बोलाउनुपर्ने र  त्यसपछि पदाधिकारी(ओबी)को बैठक बोलाए पछि मात्रै अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)को बैठक बोलाउनुपर्ने बताए।

२०१९-२१ कार्य समितिको पदावधि गत अक्टोबर महिना मै सकिएको भएता पनि महासचिव हेमराज शर्माले यही जनवरी १५ तारिखमा आइसीसीको बैठक बोलाएका छन्। उक्त बैठकमा संघको १०औं महाधिवेशन तथा आगामी चुनावबारे छलफल गरिने जनाइएको छ।

संघको १०औं महाधिवेशनका लागि डेलिगेट्स छनोट सम्बन्धी विवाद चर्किएपछि परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो। मन्त्रालयले पटक पटक दिएका निर्देशन विरुद्ध अध्यक्ष कुमार पन्त अदालत पुगेका थिए। संघभित्र जारी विवादबारे उपाध्यक्ष लामाले भने, ‘अहिले संस्थाभित्र गुटवन्दी देखिएको छ । त्यसलाई हटाएर सबैलाई मान्य हुने समाधान खोज्नु पर्छ।’

‘जापान लगायतका मुलुकमा देखिएका समस्याहरु समाधान गरेर संरक्षक परिषदको अनुगमन र समन्वयमा निर्वाचन गराउनु पर्छ।  अहिलेकै स्थितिमा चुनाव सम्भव छैन र त्यस्तो चुनावले मान्यता पाउंदैन’, उनले भने।

हाल अमेरिकामा रहेका उपाध्यक्ष लामाले जबर्जस्ती चुनाव गराउन खोजे त्यसले संस्थालाई विभाजनतिर लैजाने चेतावनी पनि दिए।  गत अक्टोबर महिनामा हुनुपर्ने संघको दशौं महाधिवेशन र चुनाव अहिलेसम्म अनिश्चित रहेको छ। -जीएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ