काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । श्रेष्ठलाई शुक्रबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको हो ।
चिकित्सकको सल्लाहअनुसार नेता श्रेष्ठ १४ दिन आइसोलेशनमा बस्ने उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि हिजो बेलुकी नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा पनि समस्या देखिएपछि गरिएको पीसीआर परीक्षण पोजेटिभ आएको थियो ।
हालैमात्र माओवादी केन्द्रले आठौं महाधिवेशन सम्पन्न गरेको छ । त्यसलगत्तै प्रचण्ड र नारायणकाजी संक्रमित भएका हुन् ।