arrow

‘कार्यकाल पूरा भैसकेको एनआरएनए आइसीसीले नीतिगत निर्णय गर्न मिल्दैन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
balaram.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ जापानका पूर्वसल्लाहकार तथा अन्तर्राष्ट्रिय कानूनविद् डा. बलराम श्रेष्ठले कार्यकाल पूरा भैसकेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले कुनै पनि नीतिगत निर्णय गर्न नमिल्ने जनाएका छन् ।

जीएनएनसँग कुरा गर्दै डा. श्रेष्ठले भने, ‘संघको विधानमा कार्यावधि सकिएको आईसीसीले आफ्नो कार्यकाल आफै थप्ने प्रावधान नै छैन । त्यसमा पनि पुरानै आईसीसीको बैठक बोलाएर महाधिवेशन तथा निर्वाचन सम्बन्धी महत्वपूर्ण निर्णयहरु गर्न खोजिनु सरासर अवैधानिक काम हो ।’

२०१९–२१ का महासचिव डा. हेमराज शर्माले बिहीबार एक इमेल पठाउँदै आउँदो १५ जनवरी आईसीसीको बैठक बस्न लागेको सूचना आईसीसी सदस्यहरुलाई दिएका छन् । बैठकमा दशौँ महाधिवेशन तथा निर्वाचन सम्बन्धमा छलफल गरिने जनाइएको छ ।

अध्यक्ष कुमार पन्तले नेतृत्व गरेको आईसीसीको कार्याविधि गत १७ अक्टोबरमै सकिएको थियो । तर त्यसको एक दिन पहिले बसेको आईसीसीको बैठकले आफ्नो म्याद ६ महिना थप गरेको दाबी गरेको थियो । 

महासचिव शर्माको इमेलप्रति प्रतिक्रिया जनाउँदै हङकङबाट प्रतिनिधित्व गर्ने आईसीसी सदस्य दिलिप गुरुङले लेखेका छन्, ‘यो आईसीसीको कार्यकाल पूरा भैसक्यो । फेरि बैठक बोलाउनुको तात्पर्य बुझिएन ।’

यसै वर्ष २०२१–२३ का लागि नयाँ आईसीसी सदस्यहरु निर्वाचित भैसकेका छन् । उनीहरुलाई शपथ दिलाएर जिम्मेवारी दिनुको सट्टा पुरानै आईसीसीलाई क्रियाशील तुल्याउने काम विधान सम्मत र नीति सम्मत पनि नहुने जानकारहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ