arrow

२२ वर्षीय युवाको नेतृत्वमा अनेरास्ववियु

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७८ पुष २५ आइतबार
hans-rawal.PNG

मुगु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)मुगुको जिल्ला भेलाले २२ वर्षीय युवाको नेतृत्वमा जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । बिहीबार सम्पन्न अनेरास्ववियु जिल्ला समिति मुगुको ११ औं जिल्ला अधिवेशनबाट २२ वर्षीय युवा हंस रावलको नेतृत्वमा ४१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनमा सहभागी विद्यार्थी प्रतिनिधिहरूले अध्यक्षमा २२ वर्षीय हंस रावल उपाध्यक्षमा द्वय रोशनजंग शाही ठकुरी, रविन मल्ल ठकुरी, सचिवमा लेखराज परियार,सहसचिवमा वैदेवी बुढा सहित ४१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको नव निर्वाचित अध्यक्ष रावलले जानकारी गराए ।

लामो समय विद्यार्थी राजनीतिमा रहेका अध्यक्ष रावल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । जिल्लामा रहँदा होस वा जिल्ला बाहिर अध्ययनरत रहँदा पनि जस्तो सुकै सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएका रावल युवा तथा विद्यार्थीहरूको मनमा बस्न सफल भएकै कारण जिल्ला नेतृत्वमा सर्वसम्मत चयन हुन सफल भएको बताइन्छ ।

नेकपा एमाले भातृसंगठन को रूपमा रहेको अनेरास्ववियुको जिल्ला अध्यक्षमा निर्वाचित भएपछि समाज तथा विद्यार्थीको हक हित र अधिकारका बारे आवाज उठाउने थप जिम्मेवारी थपिएको र आफुले सत्य, तथ्य र निष्पक्ष रूपमा आफ्नो सङ्गठनको अर्को पाटीको सङ्गठनको नभनी सबै विद्यार्थी र मुगालीहरुको हितको पक्षमा स्वतन्त्र आवाज उठाउने पनि अध्यक्ष हंस रावलले बताए ।

मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ३ तलितुम गाउँका स्थायी बासिन्दा रहेका अध्यक्ष रावल हाल बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँकेमा जनसङ्ख्या विषय लिएर तेस्रो सेमेस्टरमा अध्ययनरत छन् । उनी ४ वर्ष यताबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ