कास्कीका चार पत्रकार एमालेको चुनावी मैदानमा, दुर्गा निर्विरोध
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
1k
Shares
पोखरा । पोखरामा क्रियाशील चार जना पत्रकार नेकपा एमाले कास्कीको चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको १०औं जिल्ला अधिवेशनमा उनीहरु चुनावी मैदानमा उत्रिएका हुन् ।
जिल्ला सदस्यको प्रतिस्पर्धामा अर्जुनसेन गिरी, रामजी प्रसाद लम्साल, शुष्मा पौडेल र एकराज गिरी छन् । अर्जुनले भूगोल, शुष्माले महिलाबाट, रामजी र एकराजले खुला सदस्यमा उम्मेदवारी दिएका हुन् ।
यसैगरी बुद्धिजीवी विशेष इलाकाबाट अग्रज पत्रकार दुर्गा भण्डारी निर्विरोध निर्वाचित भएकी छन् । पार्टीको अध्यक्ष पदमा मनबहादुर गुरुङ र दामोदर वैरागीले उम्मेदवारी दिएका छन् ।