arrow

चितवनमा एक सातापछि संक्रमण दर उच्च बन्ने खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
corona-covid-dalta-plus.jpg

चितवन । जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना संक्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । 

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो । जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा कोरोना संक्रमण देखिएको हो ।

पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४० पुगेको हो । यस्तै एन्टिजेन परीक्षणका क्रममा एक जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिइन् । 

उनका अनुसार संक्रमण देखिनेमा भरतपुर महानगरपालिकाका-२९, रत्ननगर नगरपालिकामा ५, माडी र राप्ती नगरपालिकामा ३-३ र खैरहनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको सङ्ख्या ११९ जना रहेको छ । जसमध्ये सातजना होम आइसोलेशनमा र ११२ जना होम आइसोलेशनमा रहेका छन् । 

यस अघिका दिनमा संक्रमितको सङ्ख्या कम थियो । पुस २४ गते एक जनामा संक्रमण देखिएको थियो । २३ गते ११, २२ गते ९, १८ गते १२, १२ गते ६, पुस १ गते ५ जनामा संक्रमण देखिएको थियो । एकाएक यो सङ्ख्या बढेको हो । 

चालू आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्लामा साउन ७ गते २५५ जनामा कोरोना संक्रण देखिएको थियो । साउनको महिना दैनिक २०० हाराहारीमा कोरोना संक्रमण देखिएकोमा भदौमा यो सङ्ख्या घटेर एक सयको हाराहारीमा आएको थियो । 

यस्तै असोज-कात्तिकमा ५० को हाराहारीमा रहेको कोरोना संक्रमण मङ्सिरमा २० देखि ३० जनामा देखिन थालेको थियो । यसरी घट्दै गएको संक्रमणको अनुपात अहिले आएर फेरि बढ्न थालेको ढकालले बताइन् । उनले भनिन्, “एक सातापछि कोरोना संक्रमण दर उच्च बन्ने खतरा छ ।” सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न कार्यालयले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ