arrow

पत्रकारिताका विद्यार्थीद्वारा आर्थिक सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
help.jpg

काठमाडौं । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग रत्नराज्यलक्ष्मी क्याम्पस स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले साहारा ज्येष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेका हुन् ।

काभ्रेको पनौती नगरपालिका १० खोपासी स्थित साहारा ज्येष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग पुगोस भनेर विद्यार्थीहरुले १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । 

२०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० वर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा ज्येष्ठ नागरिक समाजले जनाएको छ ।

तेस्रो सेमेस्टर र प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गत पुस ३ गते पिकनिक गएका थिए । उक्त पिकनिकबाट बचेको रकम साहारा जेष्ठ नागरिक समाजलाई सहयोग गरेको विद्यार्थीको प्रतिनिधित्व गरेका सीआर भण्डारीले बताए । 

तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सीआर भण्डारीले साहार ज्येष्ठ नागरिक समाजका अध्यक्ष भरत शर्मालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ