arrow

संसद् अवरोधबारे छलफल गर्न एमाले तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
subash-nembang.jpg

इलाम । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् । इलाममा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

हालसम्म सरकारले औपचारिक पूरा गर्ने काम मात्र गरेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताएका छन्।

संसद्मा अवरोध गर्नु रहर नभई बाध्यता भएको बताउँदै उनले सरकारका लागि संसद् अवरुद्ध हुनु दुर्भाग्य भएको बताए । 

एमालेको १० औं जिल्ला अधिवेशनबाट विजयी पदाधिकारी तथा जिल्ला सदस्यहरूलाई प्रमाणपत्र वितरणपछि उनले एमसीसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी)ले नै गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ