arrow

बतासलाई नारायणहिटीमा मिलेमतोमै ठेक्का दिइएको निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
prem-ale.jpg
तस्बिर– फाइल

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले ६.३४ आना जग्गा ठेक्का सम्झौता भए पनि १४ रोपनीमा संरचना निर्माण भएको प्रारम्भिक सूचना पाएको बताए ।

उनले कार्यक्रममा देशका अन्य भागमा पनि यस्ता सम्पदा, धार्मिक स्थल, पुरातात्विक महत्वमा स्थानमा अतिक्रमण र अनियमितता भइरहेको बताए । यस्ता अतिक्रमण हटाउन आफू आएको उनले दाबी पनि गरे । 

मन्त्री आलेले समितिले सार्वजनिक गरेको प्रतिवेदनमाथि छलफल हुने र यो विषयमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको पनि ध्यानाकर्षण हुनुपर्ने बताए ।  

होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी कफीसप सञ्चानल सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितले ठेक्का  दिँदा नै मिलेमतो गरेर दिइएको  निष्कर्ष पनि निकालेको छ ।

यसअघि गत शुक्रबार नारायणहिटी संग्रहालय परिसरमा छिरेको बतास समूहको योजना ढिलै भए पनि तहसनहस बनाउने त्रज्ञmममा रेष्टुरेन्टको लागि तयार हुँदै गरेको संरचना भत्काइएको थियो । 

सरकारले सो संग्रहालय परिसरमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुरेन्ट परिसरको संरचना भत्काइएको हो ।

बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले बिहीबारमात्रै छानबिन समिति बनाएको थियो । मन्त्रालयले नै संरचना भत्काउन पत्राचार गरेपछि कार्यकारी निर्देशक दाहाल आफैं उपस्थित भएर पर्खाललगायतका संरचना भत्काएका हुन् । 

बतास समूहले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अनुमति पाएको थियो । 



नयाँ