arrow

काठमाडौंमा भारतीय दूताबासले मनायो विश्व हिन्दी दिवस 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
hindi-diwas.jpeg

काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले सोमबार विश्व हिन्दी दिवस मनाएको छ । सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवम्उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउँदै आएको छ ।

सो अवसरमा कार्यक्रमको अध्यक्षता गरेका दूतावासका प्रेस,सूचना एवम्संस्कृति प्रभागका प्रमुख नवीन कुमारले भारतका प्रधानमन्त्रीले दिएको सन्देश पढेर सुनाएका थिए । उक्त अवसरमा भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिएको सन्देश पनि भिडियोमार्फत देखाइएको थियो ।

कार्यक्रममा नेपालका वरिष्ठ हिन्दी साहित्यकार राम दयाल राकेश, नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा.डा. उषा ठाकुर हिन्दी दिवसको महत्वमाथि बोलेका थिए । कार्यक्रममा भारतबाट आएका कविसुदिप भोला, विनित पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरेका थिए ।

कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरे जसका लागि उनीहरुलाई पुरस्कृत गरिएको थियो । हिन्दी मासिक पत्रिका ‘द पब्लिक’ का सम्पादक वीणा सिन्हाद्वारा लिखित लघुकथा संग्रह ‘सुनसान गल्लीहरु’, ‘द पब्लिक’ पत्रिका र नेपालका हिन्दी साहित्यकार करुणा झाको कविता संग्रहको विमोचन पनि गरियो । सो अवसरमा हिन्दी पत्रिका ‘हिमालिनी’ को नयाँ अंक वितरण पनि गरिएको थियो ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरुले समूह गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा राकेशले भारत र नेपालको मैत्री सम्बन्धमा हिन्दी भाषाको  सदियौंदेखि अहम्भूमिका रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ