arrow

प्रदेश १ : १२५ जनामा कोरोना संक्रमण पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
province-1-corona.jpg

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ को एन्टीजेन परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, सङ्खुवासभा र उदयपुरमा एक÷एक तथा प्रदेश बाहिरका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

यसैगरी यो प्रदेशमा पछिल्लो २४ घण्टामा तीन महिलासहित आठ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको सङ्ख्या ३८७ रहेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ