arrow

आधादर्जन आरोपबारे बतास अर्गनाइजेसनको प्रष्टीकरण: सबै टेन्डर कानूनी छन्, समाचार प्रायोजित भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
batas-narayanhiti-2022.jpg

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण शुरु गरेपछि विवादमा मुछिएको बतास अर्गनाइजेसनले घटनाबारे आफ्नो प्रतिक्रिया विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

नारायणहिटी दरबार संग्रहालयदेखि पशुपतिको धर्मशाला सञ्चालनसम्म आफूमाथि लगाइएका ६ वटा आरोपबारे स्पष्ट पार्दै विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यम, अनलाइन र टेलिभिजनहरुमा प्रकाशन प्रसारण भइरहेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले बुधबार बिहान पाँच पेज लामो विज्ञप्ति जारी गर्दै आफूविरुद्ध एक सातादेखि शृंखलाबद्ध रुपमा आइरहेका समाचारप्रति खेद व्यक्त गरेका छन् । उनले ती समाचारलाई  प्रायोजित भनेका छन् । अध्यक्ष बतासले ६ आरोपबारे विस्तृत व्याख्या गर्दै सबै टेन्डर कानूनी रुपमै आएको प्रष्टीकरणसमेत दिएका छन् । 

अध्यक्ष बतासले हालसम्म आएका समाचारलाई एकांगी, मनोगत, भ्रामक र कपोलकल्पित भन्दै उक्त विषयमा हालसम्म यस अर्गनाइजेसनका कुनै पनि जिम्मेवार व्यक्तिहरुलाई आधिकारिक रुपमा सम्पर्क गरेर सत्यतथ्य बुझ्ने प्रयत्न सञ्चार माध्यमहरुले नगरेको पनि बताएका छन् ।

‘यो प्रेस विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरुलाई पत्रकारिताको पाठ सिकाउने उद्देश्य विल्कुलै होइन । सो रुपमा बुझ्ने वा हाम्रो यो विज्ञप्तिलाई त्यसरी अर्थ्याउने काम नहोला भन्ने हाम्रो ठम्याइ हो ।

तथापि, पत्रकारिताका आफ्नै मूल्य, मान्यता, नैतिकता र धर्म हुन्छ । कानूनले नै निर्दिष्ट गरिदिएका आचारसंहिता र सीमाहरु छन् भन्ने कुरा स्मरण गराउँदा बतास अर्गनाइजेसनप्रति यहाँहरुले अन्यथा रुपमा लिनुहुने छैन भन्ने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ