arrow

पत्रकारिता पुरस्कारका लागि ईन्जाले खोल्यो आवेदन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
INJA-global-1.jpg

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईन्जा) ले ईन्जा ग्रामीण पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । ईन्जाले हरेक वर्ष प्रदान गर्दै आइरहेको सामुदायिक पत्रकारिता पुरस्कारको लागि विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरुबाट निवेदन आह्वान गरिएको ईन्जाले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ । योसँगै साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) को लागिसमेत गत वर्षभर प्रकाशित, प्रसारित सामग्रीको आधारमा योग्य संचारकर्मी उम्मेदवारको सिफारिस गर्न संचारसँग सम्बन्धित विभिन्न संघसंस्था, संचार जगत, पाठक, समुदाय वा स्वयं उम्मेदवारलाईसमेत आह्वान गरिएको छ । 

यसैगरी यसै वर्षदेखि ईन्जाले ग्लोबल नेपाली संचार प्रतिष्ठानको अवधारणा अनुसार संचारमा परिस्कृत र वौद्धिक जनशक्ति आकर्षित गर्न पत्रकारिता बौद्धिक सोधवृत्ति पुरस्कारको पनि स्थापना गरेको छ । यी सबै पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ । 

नेपालबाट सन् १९६० को दशकदेखि अमेरिकामा मुख्यालय रहेको विश्व मुद्रा कोषमा कार्यरत रही त्यहाँको उच्चपदस्थ नीति निर्मातासम्म बन्न पुगेका अर्थविद् डा. सुखदेव शाहको स्मृतिमा स्थापित यो पुरस्कार नेपालमा पत्रकारितामा एमफिल, पीएचडी सोधपत्र वा सोही स्तरका एकेडेमिक तहमा काम गरिरहेकाहरुलाई सोधवृत्तिको रुपमा दिइने भएको छ । 

पुरस्कारका लागि भने सन् २०२१ भर प्रकाशित, प्रसारित समाचारहरुको लिंक वा भिजुअलप्रति ईन्जाको अफिसियल इमेलमा फेब्रुअरी १० सम्म पठाउन पनि आग्रह गरिएको छ । 

ईन्जाले विगत तीन वर्षदेखि पुरस्कार वितरण गर्दै आइरहेको छ । यसको मुख्यालय अमेरिकाको भर्जिनियामा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ