arrow

प्रधानन्यायाधीशविरुद्ध कानून व्यवसायीको आन्दोलन जारी, महाभियोग लगाउन दलहरुलाई आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
nepal-bar-poush6.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन गरिरहेका कानून व्यवसायीहरुले प्रदर्शनलाई जारी राखेका छन् ।प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलनका क्रममा कानून व्यवसायीले बुधबार पनि प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालत परिसरमा भएको प्रदर्शनका क्रममा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

यस्तै, मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरुलाई आह्वान गरेको थियो ।

आफूमाथि गम्भीर आरोप लाग्दासमेत पदबाट राजीनामा नदिएको र संवैधानिक दायित्व पूरा गर्न नसकेको भन्दै प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पर्याप्त आधार रहेकाले त्यसतर्फ अगाडि बढ्न राजनीतिक दलहरुलाई बारले आह्वान गरेको छ ।

मंगलबार आन्दोलनको ७३ औँ दिनमा बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले पत्रकार सम्मेलन गरेर उक्त आह्वान गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ