arrow

भिसा अनिश्चितताका बीच नोभाक जाकोभिच अष्ट्रेलिया ओपन खेल्ने तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
novak-djokovic.jpg

काठमाडौं । अष्ट्रेलिया सरकारले फेरि भिसा रद्द गर्नसक्ने अवस्थाकाबीच नोभाक जाकोभिच अष्ट्रेलिया ओपन खेल्नका लागि तोकिएका छन् ।

विश्वका एक नम्बर टेनिस प्लेयरलाई बिहीबार केही ढिलाइपछि खेलको सुचिमा राखिएको हो ।

अध्यागमन मन्त्रीका प्रवक्ता जाकोभिचको भिसा रद्द गर्ने बिषयमा अझैं सम्भावना रहेको बताएका छन् ।

डिसेम्बर १६ मा कोरोना संक्रमण भएको जानकारी पाएपछि पनि दुईदिनपछि एक अन्तर्वार्ता एवं फोटो सुट गराएका जाकोभिचले खोप नलाएकै भरमा अष्ट्रेलिया प्रवेश पाउने छुट पाएका थिए ।

तर, सरकारी अधिकारीहरुले उनलाई मेलबर्न विमानस्थलबाटै हिरासत होटेलमा राखेर भिसा रद्द गरेको थियो । पछि उनले अदालतमा हालेको निवेदनपछि अदालतले उनको भिसा उपलब्ध गराउन आदेश दिएको थियो ।

यद्यपि, अध्यागमन मन्त्रीसँग अझैं उनको भिसा रद्द गर्ने अधिकार छ । जाकोभिचले कोरोना भाइरसविरद्धको खोपविरुद्ध अभिव्यक्ती दिने गरेको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ