arrow

अस्ट्रेलियन ओपनः नाडाल क्वाटर फाइनलमा प्रवेश

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
rafael-nadal-tennis.png

मेलबोर्न। विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । 
 
सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे ।
 
नाडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् । तर उनी अन्तिम आठमा पुगेको यो १३औं पटक हो । यसअघि रोजर फेडरर १५ पटक र जोन न्यूकम्ब १४ पटक अस्ट्रेलियन ओपनको अन्तिम आठमा पुगेका थिए ।
 
यो नतिजासँगै उनी फाइनलमा पहिलो वरियतामा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिकसँग भेट हुने सम्भावना बढ्दै गएको छ । आइतबार साँझ भएको खेलमा पेटको दुखाइसँग जुधिरहेका जोकोभिकले मिलोस राओनिकलाई संघर्षपूर्ण खेलमा पराजित गरेका थिए । 
 
महिला एकलतर्फ भने नाओमी ओशाका, सेरेना विलियम्स, सिमोना हालेप, एचसिया सु–वेए, जेनिफर ब्राडी र जेस्सिका पेगुलाले आ–आफ्ना खेल जितेका छन् ।
 
क्वार्टरफाइनलमा मंगलबार जेनिफर ब्राडी र जेस्सिका पेगुला, सेरेना विलियम्स र सिमोना हालेप तथा नाओमी ओशाका र एचसिया सु–वेएबीच खेल हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ