arrow

कास्कीमा दोब्बर बढे कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
corona-virus.jpg

पोखरा । कास्कीमा कोरोना संक्रमितको संख्या दोेब्बर वृद्धि भएको छ। बुधबार ६६ जना संक्रमित भेटिएको कास्कीमा बिहीबार ११५ जना भेटिएका हुन् ।

कास्कीमा बिहीबार ५७ जना महिला र ५८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित कास्कीमा कूल संक्रमितको संख्या ३७ हजार २८१ जना पुगेकोमा ३६ हजार २४५ जना निको भएका छन् ।

कास्कीमा बिहीबारसम्ममा ४०९ जना सक्रिय संक्रमित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ