arrow

चुनावबारे छलफल गर्न सर्वदलीय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
election-commission167.jpg

काठमाडौं । निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो ।

‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन थाल्दा निर्वाचनको तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलन लगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ