arrow

खेलाडीमा कोरोना शंकापछि खेल स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
271940313_298021489020905_6230832116032529512_n.jpg

काठमाडौं ।  खेलाडीमा कोरोना भाइरसको शंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश–१ बीचको खेल स्थगित भएको छ । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज  दुबै टिम बीच खेल तय भएको थियो । 

तर, प्रदेश–१ का खेलाडीमा कोरोनाको शंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ । आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ । 

एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो । 

पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश–१ले दोस्रो खेलमा पानिका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ