- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४८७ जनाको नमूना परीक्षण गर्दा १८४ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआरमार्फत सात र एन्टिजेनमार्फत १७७ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत कमलबार अस्पतालमा सात र एन्टिजेनमार्फत कञ्चनपुरका ९३, कैलालीका ७७, बैतडीका सात र दार्चुलाका पाँच जनामा संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा प्रदेशभर आठ जना निको भएका छन् । सो अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । बाजुराको खप्तडछेडेदह–२ का ५१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । यसअघि शनिबार यस प्रदेशमा २८३ जनामा संक्रमण पुष्टि हुँदा आठ जना निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।