arrow

स्पेनिश सुपर कपको उपाधि रियाल मड्रिडलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
spanish-super-cup-real-madrid-2022.jpg

काठमाडौं । स्पेनिश सुपर कप फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । आइतबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई हराउँदै रियालले उपाधि जितेको हो ।

रियाल २–० गोल अन्तरले विजयी भयो । रियाललाई जित दिलाउन लुका मोड्रिच र करिम बेन्जिमाले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियाललाई शुरुआती अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दै रियललाई जिताए । खेलको ८७ औं मिनेटमा भने इडर मिलिटाओले रातो कार्ड पाएपछि रियाल १० खेलाडीमा समेटिएको थियो ।

असफल बिल्बाओका राउल गार्सियाले ८९ औं मिनेटमा पेनाल्टीमा पनि गोल गर्न सकेनन् । यो उपाधिसँगै रियालले १२ पटक सुपर कप जितेको छ । 

सुपर कपको सर्वाधिक सफल टिम बार्सिलोना हो । बार्साले अहिलेसम्म १३ पटक उपाधि जितेको छ ।



नयाँ