arrow

नगर प्रमुख भुसालसहित कर्मचारी संक्रमित, नगरपालिका बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
Sandhikharka_Nagarpalika.png

अर्घाखाँची । नगर प्रमुख कमलप्रसाद भुसालसहित केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाले सेवा बन्द गरेको छ । कोरोनाको संक्रमण थप फैलन नदिन भन्दै नगरपालिकाले ४ देखि ७ माघसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरेको प्रमुख प्रकाशकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । 

प्रमुख प्रकाशकीय अधिकृत अर्यालले सोमबार सूचना जारी गर्दै नगरपालिका कार्यालयको बैठकले ७ माघसम्म सेवा बन्द गर्ने निर्णय गरेको बताए । कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्ण पराजुलीले जानकारी दिए । 

उनका अनुसार नगरपालिकाको स्वास्थ्य सेवा जारी रहनेछ भने अन्य सेवा ७ गतेसम्म बन्द रहनेछ । ‘कार्यालयमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ’,  पराजुलीले भने, ‘नगर प्रमुखमा पनि संक्रमण भएको भन्ने सुनिएको छ । सायद बाहिर परीक्षण गर्नुभएको होला ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ