- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि कोरोना भाइरस विरुद्धको खोपको बुस्टर डोज लगाउन थालेको छ । विभिन्न आठ ठाउँबाट बुस्टर खोप दिन लागिएको महानगरपालिकाले जनाएको छ ।
सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल पुल्चोक, अल्का अस्पताल खरिबोट, निदान अस्पताल पुल्चोक, बीएण्डबी अस्पताल ग्वार्को, मेडिसिटी अस्पताल नख्खु र सुमेरु अस्पताल धापाखेलबाट बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।
आजदेखि माघ ६ गतेसम्म सञ्चालन हुने अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव–वाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।
त्यस्तै, सरकारी तथा सामुदायिक संघसंस्थामा काम गर्ने कर्मचारी, बैंकिङ्ग सेवाका कर्मचारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।