arrow

थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
sudurpashchim-corona-1619919718.jpg

बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५३६ जनाको नमूना परीक्षण गर्दा ४८८ मा संक्रमण पुष्टि भएको हो । तीमध्ये पीसीआर विधिबाट परीक्षण गर्दा २५७ र एन्टीजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा संक्रमण पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पतालमा १९९ र महाकाली अस्पतालमा ५८ जना पीसीआर विधिबाट गरिएको परीक्षणमा संक्रमण देखिएको हो । त्यस्तै एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कञ्चनपुरका १२२, कैलाली ६०, डडेल्धुरा १२, बझाङ नौ, बाजुरा नौ, अछाम नौ, डोटी पाँच र बैतडीका पाँच जनामा संक्रमण पुष्टि भएको छ ।  

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशभर २१ जना संक्रमणमुक्त भएका छन् । यसैबीच संक्रमण पुष्टि भएका ४८८ जनामध्ये भारतबाट फर्किएका १०१ जना रहेको बताइएको छ । गौरीफन्टा नाकामा ५०, गड्डाचौकी नाकामा ४६ र झुलाघाट नाकामा पाँच गरी १०१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।  

यसअघि सोमबार यस प्रदेशमा ३४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १२ संक्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ