arrow

दक्षिण अफ्रिकालाई जित्न भारत दुई सय ९७ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
india-south-africa-bumraha.jpg

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो एक दिवसीय क्रिकेट दक्षिण अफ्रिकाको पार्लमा भइरहेको छ । जितका लागि भारतले २९७ रनको चुनौती पाएको छ । खेलमा टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा दुई सय ९६ रन बनायो । 

६८ रन बनाउँदा ३ विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि चौथो विकेटका लागि कीर्तिमानी साझेदारी भएको छ । कप्तान टेम्बा बाभुमा र रास्सी भान डेर डुसेनबीच दुई सय चार रनको साझेदारी भएको थियो । सो क्रममा बभुमाले १४३ बलमा ११० रन बनाए । त्यस्तै डुसेनले ९६ बलमा अविजित रहँदै १२९ रन बनाए । 

भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए । उनले ४१२ दिनपछि पहिलो विकेट लिएका हुन् । यसअघि सन् २०२० को डिसेम्बर २ तारिखमा अष्ट्रेलियाविरुद्ध विकेट लिएका थिए । 

यो खेलमा लामो समय भारतीय टिमको कप्तानी गरेका विराट कोहली खेलाडीका रुपमा मात्र खेलिरहेका छन् । एक दिवसीयमा लोकेश राहुले कप्तानी सम्हालेका छन् । उनको यो डेब्यु कप्तानी हो । योसँगै एक दिवसीयमा उनी २६ औं भारतीय क्रिकेट कप्तान बनेका छन् । उनी ५० एक दिवसीय नखेली कप्तान बन्ने खेलाडीको कीर्तिमानमा पनि नाम लेखाउन सफल भएका छन् । उनले ३९ खेलमा कप्तानी गर्ने अवसर पाएका हुन् । 

यसअघि मोहिन्दर अमरनाथले ३५ खेलमा कप्तानी सम्हाल्न पाएका थिए । उनी लिष्ट ए मा कप्तानी नसम्हाली राष्ट्रिय टिममा कप्तानी सम्हाल्न पाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि सैयद किरमानी र वीरेन्द्र सहवागले यो कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।  

यो खेलबाट वैंकटेश अथ्यरले डेब्यु गरेका छन् । त्यस्तै रविचन्द्रन आश्विन पाँच वर्षपछि पहिलो पटक एक दिवसीयमा फर्केका छन् । उनले अन्तिम एक दिवसीय सन् २०१७ मा खेलेका थिए । 

दक्षिण अफ्रिकाबाट एक दिवसीयमा मार्को येन्सनले डेब्यु गरेका छन् । सन् २०१६ मा न्यूजिल्याण्डविरुद्ध खेलाडीका रुपमा मात्र खेलेका कोहलीले त्यसयता कप्तानका रुपमा एक दिवसीय खेलेका थिए । 

भारत र दक्षिण अफ्रिकाबीच ८४ एक दिवसीय भएकामा भारतले ३५ तथा दक्षिण अफ्रिकाले ४६ खेले जितेको छ । तीन खेल अनिर्णित भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ