arrow

मुख्यमन्त्री शाहीले सोधे – तपाईको मास्क खै ?

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७८ माघ ८ शनिबार
mask-khoi.jpg

सुर्खेत । सुर्खेतमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै ?’ अभियान शुभारम्भ गरिएको छ । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शनिबार बिहान ८ बजे राजधानी सुर्खेतको मंगलगढीबाट तपाईको मास्क खै ?’ अभियानको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभारम्भ गरेका हुन् । 

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाइ यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि ‘तपाईको मास्क खै’ अभियान चलाइएको हो । कोरोनाको तेस्रो लहरबाट बच्न कर्णालीबासी सबैले मास्क लगाई सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरी  आ–आफ्नो ठाउँमा कडाइ गर्दै  ‘तपाईको मास्क खै’ अभियान चलाइएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । 

यो अभियानको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति सुर्खेतको अगुवाइ र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा संचालन भएको हो ।

अभियान अन्तर्गत शुरूको दिन मास्क नलगाई हिँड्नेलाई मास्क वितरण गरिएको र अन्य दिनहरूमा मास्क नलगाई हिँड्नेलाई कारवाही गरिने सुवेदीले बताए । बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधारण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाइएको उनले बताए ।

तपाईंको मास्क खै’ कार्यक्रमको शुभारम्भ गदै मुख्यमन्त्री शाहीले मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधारणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन, भीडभाड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्नसमेत आग्रह गरेका छन् । 

माक्स खै अभियानमा जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकायसँगै सरोकारवालाहरूको उपस्थितिमा सचेतनामूलक प्लेकार्डसहित बजार परिक्रमा गरिएको थियो । 

विश्वभर कोरोना संक्रमणको तेस्रो लहर बढेसँगै कर्णाली प्रदेशमा सतर्कता अपनाउन थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ