arrow

खोप अभियान लिएर चेपाङ गाउँमै पुगे स्वास्थ्य मन्त्री लामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
271812446_323322866348426_5186136582902679331_n.jpg

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा कोरोना विरुद्धको खोप अभियान लिएर मकवानपुरको चेपाङ गाउँ पुगेका छन् । मन्त्री लामा खोप अभियान लिएर शनिबार राक्सिराङ गाउँपालिकाका वडा नम्बर ५ ताङराङ पुगेका हुन् ।

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका अतिसिमान्तकृत चेपाङ समुदायमा खोप लगाउने दर कम पाइएपछि समुदायमै खोप अभियान संचालान गर्न मन्त्री लामा गाउँमै पुगेका हुन् ।

मन्त्री लामाले १३ जिल्लाका अतिसिमान्तकृत, पिछडिएको समुदाय र खोप लगाउने दर कम भएको क्षेत्रमा समुदायस्तरमा खोप अभियान संचालन गरिएको बताए । खोप लगाउन स्वास्थ्य संस्थामा पुग्न नसक्नेहरूलाई उनले समुदायमै पुगेर खोप लगाउन स्वास्थ्यकर्मीलाई निर्देशनसमेत दिए ।

त्यस्तै खोप अभियानकै क्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले खोपले कोरोनाको जोखिम न्यूनीकरणमा सहयोग गर्ने भएकाले निर्धक्क भएर खोप लगाउन आग्रह गरेका थिए ।

खोप लगाउने दर कम रहेको राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ, तामाङ एवं धार्मिक अगुवा, टोल विकास संस्था लगायतको समन्वयमा खोप अभियान समुदायमा खोप लगाउने दर बढाउन प्रदेश सरकारको निर्देशन अनुसार अभियान संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताए ।

अभियानमा राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, चेपाङ समुदायका अगुवा एवं धार्मिक अगुवाहरूको सहभागी रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ