arrow
ADVERTISEMENT

पत्रकार एलबीको निधनबारे छानबिन गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
press-council-nepal.jpg

काठमाडौं । प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।
    
थोरै रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ गते बिहान निधन भएको थियो । सो सम्बन्धमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।

श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनु लज्जाको विषय भएको काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ