arrow

सरकारको आदेश बेवास्ता गर्दै गौरिगन्जका निजी विद्यालय 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ माघ ९ आइतबार
jhapa-corona.jpg

माघ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देशभर तीव्र रूपमा फैलिँदै गएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति अनुरूप विद्यालय तहमा अध्ययनरत बालबालिका हरूलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन हाल देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूको भौतिक अध्यापन कार्य रोकिएको छ ।

विश्वविद्यालय र विद्यालयहरूले निर्धारण गरि सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका परीक्षाहरू समेत सङ्क्रमण फैलने जोखिमलाई मध्यनजर गर्दै हाललाई स्थगन गरिएको अवस्था छ ।

यस्तो अवस्थामा कतिपय विद्यालयहरूले विद्यार्थी हरू को पठनपाठन लाई मध्यनजर गर्दै वैकल्पिक शिक्षण सिकाइ सहरीकरण निर्देशिका २०७७ अनुरूप अनलाइन कक्षाहरू सञ्चालन सुरु गरिसकेका छन् ।

यस्तो विषम परिस्थितिलाई बेवास्ता गर्दै छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको झापा जिल्लाको दक्षिण पश्चिमी पालिका अन्तरगत रहेको गौरिगन्ज गाउँपालिकामा रहेर सञ्चालित केही संस्थागत/ निजी विद्यालयहरूले अझै पनि विद्यार्थीको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै विद्यार्थी हरूलाई भौतिक उपस्थिति गराएर पठनपाठन जारी राखेका छन् ।

ती विद्यालयहरूले जिल्ला तथा स्थानीय तहले भौतिक उपस्थितिमा पठन पाठन नगराउन आदेश जारी गर्दा समेत अटेर गरी अझै सम्म पनि प्रत्यक्ष कक्षा सञ्चालन गरिरहेका छन् ।

यसरी शिक्षकहरूको सुझावलाई समेत अटेर गरी सङ्क्रमणले आउन सक्ने भयावह परिस्थिति लाई बेवास्ता गर्दै पठनपाठन जारी राखेको भन्दै एक निजी विद्यालयमा अध्यापनरत एक शिक्षकले हाम्रा कुरा समक्ष गुनासो व्यक्त गरेका छन् ।

घर घरमा कोरोनाको नयाँ भेरियन्ट फैलिसक्दा पनि विद्यालयको पठनपाठन जारी राखेर विद्यालय र समुदायमा यसको प्रत्यक्ष असर पर्ने हुँदा समयमै जोखिम बाट बचाउन अग्रसर हुनुपर्ने शिक्षाको थलोमै अटेर गर्दै लज्जास्पद परिस्थिति ल्याउँदा आगामी दिनमा त्यसको प्रत्यक्ष असर समुदायका सम्पूर्ण नागरिक लाई पर्न सक्ने जनस्वास्थ्य विज्ञहरूको ठम्याइ छ । 



नयाँ