arrow

स्वास्थ्यकर्मीलाई संक्रमण भएपछि हुम्ला अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ माघ ९ आइतबार
humla-hospital-ventilator.jpg

हुम्ला। जिल्ला अस्पताल हुम्लाका ६ जना कर्मचारीलाई कोरोना संक्रमण हुँदा आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । एकै पटक अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभए सम्मका लागि अन्य सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

आइतबारबाट लागू हुने गरी आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको छ । आकस्मिक बाहेक अरू सबै सेवा बन्द गरिएको भए पनि प्रसूति सेवा, कोरोना परीक्षण र खोप लगाउने कार्य भने अस्पतालले जारी राखेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । 

जिल्लामा बुस्टर डोज बाहेक कोरोना विरुद्धको पहिलो र दोस्रो खोपको मौज्दात राम्रो रहेकाले खोप अभियानमा कुनै असर नपर्ने जिल्ला अस्पताल हुम्लाले जनाएको छ । अस्पतालबाटै संक्रमण फैलन सक्ने सम्भावना देखिएपछि सेवा बन्द गरिएको प्रमुख सिंहले बताए ।

अस्पतालका ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको दिन २८ जनाको स्वाब परीक्षण गरिएको थियो। जसमा नौ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका सबै रानीवनस्थित आइसोलेसनमा रहेका छन् । 

गत असोजपछि कोरोना संक्रमित शून्य रहेको हुम्लामा कोरोनाको तेस्रो लहर फैलिएपछि जिल्लामा ३ जना पुरुष ६ जना महिला गरि ९ जनामा पहिलो कोरोना संक्रमण देखिएको हो । 

मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव दिएका छन् ।

कोरोनाको दोस्रो लहरमा ३ हजार १ सय ३० जनाको परीक्षण गर्दा ३ सय ९९ जनामा संक्रमण देखिएको थियो । भने ५ जनाको कोरोनाकै कारण ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ