arrow

गाम्बिया पहिलो पटक अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा, क्यामरुनसँग खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
football-gambia-africa-cup-of-nations.jpg

काठमाडौं । गाम्बिया पहिलो पटक अफ्रिका कप अफ नेसन्स फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा गाम्बियाले गिनीलाई १–० ले पराजित गर्यो । खेल गिनीको मैदानमा भएको थियो । 

गाम्बियाको जितमा मुसा बारोले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका हुन् । यस्तै अन्तिम समयमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । 

८७ औं मिनेटमा युसुफा एनजीले रातो कार्ड पाएपछि गाम्बिया १० खेलाडीमा समेटिएको थियो । यस्तै इन्जुरी समयमा गिनीका इब्राहिमा कोन्टेले रातो कार्ड पाएका थिए ।

जितसंगै गाम्बियाले अन्तिम आठमा क्यामरुनसँगको भेट पक्का गरेको छ । 

सोमबार राति नै भएको खेलमा क्यामरुनले कोमोरोसलाई घरेलु मैदानमा २–१ ले पराजित गर्यो । 

दुवै टोली बीचको क्वार्टरफाइनल खेल अब शनिबार हुनेछ ।



नयाँ