arrow

रंगशालामा भागदौडः ६ को मृत्यु, थुप्रै घाइते, बालबालिकाहरु बेहोस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
football-cameroon-stadium-stempade.jpg

काठमाडौं । क्यामरुनको राजधानी याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । थुप्रै घाइते भएका छन् । कयौं बालबालिकाहरु बेहोस भएका छन् । 

सोमबार अफ्रिका कप अफ नेसन्स फुटबलको खेल हुनुअघि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ । ओलेम्बी रंगशालाको प्रवेशद्वारमा सो भागदौड हुँदा दुःखद घटना भएको सीआरटीभीले जनाएको छ । 

अफ्रिकी फुटबल महासंघले घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

क्यामरुनको सेन्ट्रल रिजनका गर्भनर नासेरी पाउल वियाले थप मानिसको हाताहती भएको हुनसक्ने बताएका छन् । भिडियोमा देखिए अनुसार फुटबल हेर्न दर्शकहरु संघर्ष गरिरहेका थिए । 

रंगशालाको दर्शक क्षमता ६० हजार भएपछि कोरोनाका कारण ८० प्रतिशत सिटका लागि मात्र टिकट बिक्री गरिएको थियो । 

तर आयोजक क्यामरुनको कोमोरोस विरुद्धको खेल हेर्न ५० हजार भन्दा बढी दर्शकहरु रंगशाला प्रवेश गर्न खोजेका थिए । 

यो खेलमा क्यामरुन २–१ ले विजयी भयो । अब क्यामरुनले क्वार्टरफाइनलमा पहिलो पटक अन्तिम आठमा स्थान बनाएको गाम्बियासँग खेल्नेछ । 

गाम्बियाले सोमबार राति नै भएको खेलमा गिनीलाई १–० ले हरायो । 



नयाँ