- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काभ्रे । काभ्रेको पनौतीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । पनौतीमा लाग्ने ऐतिहासिक १२ वर्षे मकर मेलाको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शिविर सञ्चालन गरेको हो ।
पनौती नगरपालिका वडा नं. ६, ७ र ९ को संगमस्थल त्रिवेणी घाटमा एक महिनासम्म मकर मेला लाग्ने गर्छ । सोही मेलालाई लक्षित गर्दै सामुदायिक बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर शिविर सञ्चालन गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
शिविरमा विरामीको उपचारका लागि केएमसीका विशेषज्ञ डाक्टरहरुको टोली खटिएको छ । शिविरमा स्वास्थ्य जाँच, औषधि वितरण, ल्याब टेष्ट, भिडियो एक्सरे, ईसीजीलगायत सेवा निःशुल्क प्रदान गरिँदैछ ।
श्रीस्वस्थानीको अवसर पारेर काठमाडौंको सालीनदीमा पनि केएमसीले एक महिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।