arrow

यस्तो बन्यो चार दर्जन जातको कौण्डिन्य गोत्रीय महासमाज महासंघ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
kaundinya-gotriya-team.jpg

काठमाडौं । अर्जुनप्रसाद बन्जाराको अध्यक्षतामा कौण्डिन्य गोत्रीय महासमाज गठन भएको छ । झण्डै चार दर्जन जातहरु रहेको कौण्डिन्य गोत्रीय जातहरुको भेलाबाट  गत पुस २२ गते देश तथा विदेशमा कौण्डिन्य गोत्रीय बन्धुहरु तथा कौण्डिन्य गोत्रीय बन्धुहरुको प्रतिनिधित्व गर्ने संस्था वा समाजहरु पारस्परिक सौहार्दता, सद्भाव एवम् बन्धुत्वको भावनाको विकास गर्दै एकताबद्ध बनाउने उद्देश्यका साथ २०७७ साल चैत २८ गतेको भेलाबाट कौण्डिन्य गोत्रीय महासमाज महासंघ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भएको हो । 

महासमाजका उपाध्यक्ष बाबुराम आचार्यले महासंघ दर्ताको विषयमा भने,  ‘झण्डै ४४ वटा थरहरु कौण्डिन्य गोत्रमा अहिलेसम्म फेला परेका र सबै थरहरुलाई सबिस्तारै समेटेर लाने छौं’ उनले थपे, ‘केही समयपछि सार्वजनिक रुपमा सबै थरहरुलाई  महासंघमा जोडिनका लागि सार्वजनिक रुपमा आह्वानसमेत गर्छौं ।’

यस्तो बन्यो महासमाज महासंघः 
अध्यक्ष, अर्जुन प्रसाद बन्जारा (बन्जारा तथा बञ्जाडे समाज अध्यक्ष), उपाध्यक्ष, बाबुराम आचार्य (आचार्य बन्धु समाज नेपाल, महासचिव), महासचिव, विष्णुप्रसाद बास्कोटा (बास्कोटा समाज, अध्यक्ष), सचिव, पुरुषोत्तम पराजुली (पराजुली समाज नेपाल, नि. सचिव) रहेका छन् । 

त्यस्तै कोषाध्यक्ष, नारायणप्रसाद न्यौपाने (न्यौपाने समाज नेपाल, महासचिव) रहेका छन् । सदस्यहरुमा दामोदर गैह्रे (गैह्रे–कल्याण समाज, अध्यक्ष), ठाकुरप्रसाद सापकोटा (साप्कोटा बंशावली कल्याण केन्द्र), जनककुमार खड्का (लकाई खड्का समाज, केन्द्रीय सदस्य), बिराज प्याकुरेल (प्याकुरेल  समाज, अध्यक्ष), डा. गणेशप्रसाद पाठक (पाठक समाज, अध्यक्ष) हरिबोल सत्याल (सत्याल समाज, कावा अध्यक्ष) रहेका छन् । 



नयाँ