arrow

दुर्गममा गाडी पुग्दा हर्ष, पैसा कमाउन युवालाई कामैकाम 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०७८ माघ ११ मंगलबार
mugu-gadi.jpg

मुगु । छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानियवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलो पटक गाडी पुगेपछि त्यहाँंका स्थानीयहरु हर्षित भएका हुन्  ।
  
कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको ६ किलोमिटर सडकको ट्रयाक खुलेसंगै आइतबार पहिलो पटक लिउडी गाउँमा गाडी पुगेको थियो । गाउँमा गाडी पुगेपछि आफूहरुको वर्षौंदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानियवासीले बताएका छन् ।

छायाँनाथ रारा नगरपालिकाको  ६७ लाख लगानीमा सडक निमार्ण भएको र सडक निर्माणका लागी उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको जनाइएको छ ।
 
कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको आइतबार छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाही र उपप्रमुख सुन्तला रोकायाले संयुक्त रुपमा रिबन काटेर सडकको उद्घाटन गरेका हुन् । 

सडक उद्घाटन कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजंग शाहीले चुनावका बेला लिउडी गाउँमा विद्युत र सडक पुर्याउने वचन दिएकामा अन्तिम कार्यकाल भए पनि सडक र विद्युत पुर्याउन सफल भएको बताए ।   

छायाँनाथ रारा नगरपालिकाले नगरपालिकाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य बमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा बैशाखसम्म जसरी भए पनि पुर्याउने पनि नगर प्रमुख शाहीले वचन दिए । 

उनका अनुसार कोटीला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकलाई घटट्लेखसम्म जोडिने र यो सडकलाई नगर रिंगरोड बनाइने योजना रहेको खुलासाा गरे । रिङ्ग रोडको रुपमा नगरपालिकाले विकास गरेमा गमगढी–पिना–बालै–कोटिल्ला–मन्दू–घट्लेख–रोवा–सोवा–लुम्स–तिर्प–थार्प–रुगा–बाम–सुम्ती–फुली हुँदै पुनः गमगढीमा सडक घुम्नेछ भने सुनात र सुम्लीमा नगरपालिकाले बेलिब्रिज बनाउनु पर्नेछ ।

लिउडी गाउँमा सबैभन्दा बढी आलु र सिमी उत्पादन हुने गर्छ । यातायातको सुविधा नहुँदा आलु, सिमी सदरमुकाम गमगढी बजारसम्म २ घण्टा बोकेर भए पनि बिक्रीको लागि ल्याउने गरिएको र धेरै कुहिर जाने गरेको छ ।

स्थानीय हरिलाल सेजुवालले भने, ‘अब गाउँमा गाडी पुगेको छ । धेरै उत्पादन हुने आलु, सिमी बजारीकरणमा सहज हुनेछ । धन कमाउनकै लागि गाउँका युवा बाहिरी जिल्लामा जानु पर्ने छैन । बरु आलु, सिमी खेतीका लागी उत्साही हुनेछन्  ।

नगरपालिकामा रहेका ८७ गाउँहरुमध्ये अब कम्फा, तिर्प, सुम्ली, मुर्मा, सालिम गाउँहरुमा सडक पुग्न बाँकी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ