arrow

विकट गाउँमा पहिलो पटक पुग्यो गाडी 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७८ माघ ११ मंगलबार
mugu-bikat-gau.PNG

मुगु । छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानियवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलो पटक गाडी पुगेपछि त्यहाँका स्थानीयहरू हर्षित भएका हुन । कोटीला मेलवाडा,रन्जनबालै हुँदै लिउडी सडकको ६ किलोमिटर सडकको ट्याक खुलेसँगै आइतबार पहिलो पटक लिउडी गाउँमा गाडी पुगेको थियो । 

गाउँमा गाडी पुगेपछि आफूहरूको वषौदेखि गाउँबाट गाडी चढ्ने सपना पुरा भएको स्थानियवासीले बताएका छन् । छायाँनाथ रारा नगरपालिकाको ६७ लाख लगानीमा सडक निर्माण भएको र सडक निर्माणका लागी उपभोक्ता समिति मार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको जनाइएको छ । 

कोटीला मेलवाडा,रन्जनबालै हुँदै लिउडी सडकको आइतबार छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाही र उप प्रमुख सुन्तला रोकायाले संयुक्त रूपमा रिबन काटेर सडकको उद्घाटन गरेका छन् । सडक उद्घाटन कार्यक्रममा बोल्नु हुँदै छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजंग शाहीले चुनावका बेला लिउडी गाउँमा विद्युत् र सडक पुर्‍याउने वचन दिएकोमा अन्तिम कार्यकाल भए पनि सडक र बिद्युत् पुर्‍याउन सफल भएको बताए । 
 
छायाँनाथ रारा नगरपालिकाले नगरपालिकाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य,उद्देश्य बमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा वैशाख सम्म जसरी भए पनि सडक पुर्‍याउने पनि नगर प्रमुख शाही बताए । 

उनका अनुसार कोटीला मेलवाडा,रन्जनबालै हुँदै लिउडी सडकलाई घटट्लेख सम्म जोडिने र यो सडकलाई नगर रिगंरोड बनाइने योजना रहेको खुलासा गरे। रिङ्ग रोडको रूपमा नगरपालिकाले विकास गरेमा गमगढी-पिना-बालै-कोटिल्ला-मन्दू-घट्लेख-रोवा-सोवा-लुम्स-तिर्प-थार्प-रुगा-बाम-सुम्ती-फुली हुँदै पुन गमगढीमा सडक घुम्नेछ भने सुनात र सुम्लीमा नगरपालिकाले वेलिव्रिज बनाउनु पर्नेछ ।

लिउडी गाउँमा सबै भन्दा बढी आलु र सिमी उत्पादन हुने गर्छ । यातायातको सुविधा नहुँदा आलु,सिमी सदरमुकाम गमगढी बजारसम्म २ घण्टा बोकेर भए पनि बिक्रीको लागि ल्याउने गरिएको र धेरै कुहिएर जाने गरेको थियो स्थानीय हरिलाल सेजवालले भने अब गाउँमा गाडी पुगेको छ , धेरै उत्पादन हुने आलु , सिमी बजारीकरणमा सहज हुनेछ भने आर्थिक कमाउन कै लागी गाउँका युवा बाहिरी जिल्लामा जानु पर्ने छैन बरु आलु,सिमी खेतीका लागी उत्साहित हुनेछन् ।

नगरपालिकामा रहेका ८७ गाँउहरु मध्य अब कम्फा,तिर्प,सुम्ली,मुर्मा,सालिम गाँउहरुमा सडक पुग्न बाँकी रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ