arrow

मोरङमा सबैभन्दा बढी संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४घण्टाको अवधिमा प्रदेश–१ मा सबैभन्दा बढी मोरङमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा छ÷छ, भोजपुरमा दुई, ताप्लेजुङ, सङ्खुवासभा र खोटाङमा एक÷एक र प्रदेश बाहिरका २२ मा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण ८४१ को पीसीआर परीक्षण गर्दा ३८३ र ८१०को एन्टिजेन परीक्षण गर्दा ३१०मा कोरोना संक्रमण देखिएको हो ।

स्थानीय पालिकाअनुसार सबैभन्दा बढी मोरङको विराटनगरमा १३५, सुनसरीको धरानमा ३७, इटहरीमा ३२, झापाको विर्तामोड र दमकमा १३÷१३ सहित अन्य पालिकामा संक्रमण देखिएो मान्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै १५१ महिलासहित ३२९ कोरोना संक्रमणमुक्त्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ । प्रदेशमा अझै सात हजार ४१६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ