arrow

संसद बस्नुअघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १५ शनिबार
Parliament_building-1619601493.png

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्ष नेकपा एमालेको लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेका बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।  

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

सङ्घीय संसद्को बैठक आइतबार १ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा शहीद दिवसका अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेको छ । 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷७८’ पेश गर्नेछन् । यस्तै सभामुख सापकोटाले विसं २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाप्रति श्रद्धाञ्जली अर्पण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
 



नयाँ